Byroad News

Loading...

नेकपा एमाले थाहा-काठमाडौ सम्पर्क मञ्चको अध्यक्षमा विष्ट निर्वाचित


नेकपा एमाले थाहा-काठमाडौ सम्पर्क मञ्चको अध्यक्षमा विष्ट निर्वाचित

काठमाडौं/९ असोज
काठमाडौंमा आज (शनिबार) सम्पन्न नेकपा एमाले  मकवानपुर काठमाडौं सम्पर्क मञ्चको भेलाले थाहा नगर-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा अनित बिष्टलाई निर्विरोध निर्वाचित गरेको छ । 

मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद कृष्ण प्रसाद दाहालको प्रमुख आतिथ्यता, संविधान सभा सांसद सुवासचन्द्र ठकुरिको विशेष आतिथ्यतामा सम्पन्न भेलाले अध्यक्षमा अनित बिष्ट, उपाध्यक्षमा थाहा ९ का रुपेश श्रेष्ठ, सचिवमा थाहा १२ का मेयर सिं स्याङ्तान, कोषाध्यक्षमा थाहा ७ कि यमुना थापा, सदस्यहरुमा शम्भु खत्री, सुर्य बिन्दु थोकर लगायतलाई चयन गरेको छ । 

निर्वाचित भइसकेपछि बाइरोड न्युजसँग कुरा गर्दै नव निर्वाचित बिष्टले छिटै नै नगर सम्पर्क मञ्चको बृहत भेला आयोजना गर्ने र पार्टी सम्पर्क मञ्चलाई सशक्त रुपमा अघि बढाउन थाहा नगर संगठन कमिटीसँग सहकार्य गरि योजनाका साथ अगाडि बढ्ने बताउनु भयो । 

बिष्ट हाल राष्ट्रिय युवा संघ नेपाल मकवानपुर जिल्ला कमिटी सदस्य रहनुका साथै राजनैतिक र विभिन्न  समाजिक संघसंस्थामा नेतृत्वको अनुभव छ ।

भेलाले मकवानपुरका दशै स्थानीय निकायहरुको सम्पर्क मञ्च गठन गरेको छ ।

Comments

KATHMANDU WEATHER