Byroad News

Loading...

केपी ओलीको एमालेलाई टर्च बालेर खोज्नु पर्ने दिन आउँदै छ: माधव नेपाल


केपी ओलीको एमालेलाई टर्च बालेर खोज्नु पर्ने दिन आउँदै छ:  माधव नेपाल

हेटौंडा/९ असोज
नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले आउँदो चुनावमा केपी ओली नेतृत्वको पार्टी नेकपा एमालेलाई टर्च बालेर खोज्नु पर्ने दिन आउने बताउनु भएको छ ।

हेटौंडामा एकीकृत समाजवादी मकवानपुरको जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आउँदो चुनावको नतिजाले एमालेलाई टर्च बालेर खोज्नुपर्ने दिन आउने दाबी गर्नु भयो ।

उहाँले केपी ओलीको कारण एमाले फुट भएको बताउनु भयो । उहाँले ओलीले पार्टीमा पार्टी विपरित विभिन्न एकल निर्णय गरेको कारण पार्टी फुट भएको बताउनु भयो । उहाँले आफ्नो पार्टी समाजवादी नेपाल कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्ने बताउनु भयो । उहाँले देशभर संगठन निर्माण भईरहेको बताउँदै समाजवादी अभियानमा जोडिनेको संख्यामा कमी नभएको दाबी गर्नु भयो ।

उहाँले आफ्नो पार्टी समाजवादीले जनताको बहुदलीय जनवाद (जबज) को मान्यता र विशेषताालाई आत्मसात गरेको बताउनु भयो । उहाँले एकीकृत समाजवादीका विरोधीहरुले समाजवादीले जबज नमानेको भन्दै गलत प्रचार गरेको भन्दै भ्रममा नपर्न आग्रह गर्नु भयो । उहाँले एकीकृत समाजवादीले सबै विचारहरु बोकेको भन्दै मर्क्सवाद–लेनिनवाद मार्गदर्शक सिद्धान्तलाई आत्मसात गरेको बताउनु भएको छ ।

Comments

KATHMANDU WEATHER