थाहानगर/९ असोज
नेपाली काङ्ग्रेस थाहानगर कार्य समितिका लागि पदाधिकारीहरुको निर्वाचन केहिबेर अगाडि सुरु भएको छ । निर्वाचन पालुङ जेसीज सभाहलमा भैरहेको हो ।
एक सभापति, दुई उपसभापति, दुई सचिव, दुई सहसचिव पदका लागि निर्वाचित भएको हो ।
सभापति पदका लागि वर्तमान उपसभापति भरत गोपाली र प्रमोद कृष्ण जोशी भिड्दै छन् ।
दुई उपसभापति पदका लागि उद्दव लामिछाने, नमराज कार्की र सोम प्रसाद बर्तौला भिडिरहेका छन् । यसैगरी, दुई सचिव पदका लागि कर्ण बहादुर गोपाली, भीमसेन मोक्तान, बिन्दुलाल थिङ र शशीकुमार दोङको भिडन्त भैरहेको छ ।
यसैगरी २ सहसचिव पदका लागि ध्रुव कुमार भट्ट, रामचन्द्र भोम्जन, सत्यदेवी स्याङ्तान र सुरेन्द्र श्रेष्ठको प्रतिस्पर्धा छ ।
५३ जना नगर समितिका सदस्यहरु भने निर्विरोध निर्वाचित भएको नेपाली काङ्ग्रेसका राममाया खत्रीले जानकारी दिनुभयो । थाहानगरबाट १९६ जनाले मतदान गर्नेछन् ।
-
1 day agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments