Byroad News

Loading...

नारायणहिटी दरबारबाट श्रीपेच चोर्न खोज्ने व्यक्ती पक्राउ


नारायणहिटी दरबारबाट श्रीपेच चोर्न खोज्ने व्यक्ती पक्राउ

काठमाडौं/८ असोज
नारायणहिटी दरबार संङ्ग्रहालयमा राखिएको श्रीपेज निकाल्न खोज्ने एक जनालाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ । सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई पक्राउ गरेको हो।

नारायणहिटी सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले श्रीपेज निकाल्न खोज्ने व्यक्तिलाई निर्यन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताउनु भयो । शुक्रबार बिहान अवलोकन गर्न पुगेका पश्चिम रुकुम मसिकोट ११ का खिमबहादुर घर्तीले सिसा फुटाएर श्रीपेज निकाल्ने प्रयास गरेका थिए ।

सिसा फुटाउँदा उनको हात समेत काटिएको छ। उनलाई अहिले सेनाले नियन्त्रणमा राखेको छ।

Comments

KATHMANDU WEATHER