थाहानगर/८ असोज
मकवानपुर प्रहरीले आज विहान २ किलो १ सय ग्राम अफिम जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ ।
आज विहान भैंसेबाट खेटेको प्रहरी टोलीले झोला बोकी शंकास्पद रुपमा हिँडिरहेका कैलाश गाउँपालिका २ बस्ने वर्ष २१ का राजन मुक्तानलाई सो परिमाणको अफिम जस्तो देखिने पदार्थसहित पक्राउ गरेको हो ।
मुक्तानमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले बताउनु भयो । 
Featured News
-
1 day agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments