Byroad News

Loading...

१७५ किलो गाँजासहित थाहाका एकसहित दुई जना पक्राउ


१७५ किलो गाँजासहित थाहाका एकसहित दुई जना पक्राउ

थाहानगर/७ असोज
मकवानपुर प्रहरीले आज (बिहीबार) १७५ किलो लागुऔषध गाँजासहित दुई जना पक्राउ गरेको छ ।

प्रहरीले गाँजा बोकेको ना ३ ख ५९५० नम्बरको ट्रक सहित २ जना मानिस पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ । हेटौडा वडा नं. ११ थानाभर्याङमा बिग्रेर मर्मत गरिरहेको अवस्थामा पक्राउ गरेको हो । 

सो ट्रक पालुङबाट बिरगंजतर्फ जाँदै गरेकोमा बिग्रेर थानाभर्याङमा मर्मतका लागि लगिएको प्रहरीले जनाएको छ । ट्रकभित्र बटम बनाई लुकाइ ल्याएको ट्रकबाट भिमफेदी ९ बस्ने बर्ष ३१ को मोहन स्याङतान र सोहि ट्रकमा सवार जिल्ला मकवानपुर थाहा ३ बस्ने बर्ष २४ को प्रशान्त कार्कीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Comments

KATHMANDU WEATHER