Byroad News

Loading...

नेकपा एकीकृत समाजवादीमा १६ सदस्यीय पदाधिकारी


नेकपा एकीकृत समाजवादीमा १६ सदस्यीय पदाधिकारी

काठमाडौं/७ असोज
नेकपा एकीकृत समाजवादी पार्टीले १८ सदस्यीय पदाधिकारी बनाएको छ । बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले महासचिवसँगै ७ उपाध्यक्ष, तीन उमहासचिव र चार सचिवको टुंगो लगाएको हो ।

सात उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथ साह र जयन्ती राई हुनुहुन्छ । महासचिवमा वेदुराम भुसाल, उपमहासचिवमा प्रकाश ज्वाला, गंगलाल तुलाधर र विजय पौडेल रहनु भएको छ । 

यस्तै नागेन्द्र चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्र राई र रामकुमारी झाँक्री सचिव तोकिनु भएको छ । 

अध्यक्ष नेपालपछि वरिष्ठ नेता झलनाथ खनाल र त्यसपछि केदार न्यौपानेलाई राखिएको छ ।

३५ सदस्यीय स्थायी कमिटी, ७१ सदस्यीय पोलिटब्यूरो र वैकल्पिकसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गर्ने निर्णय गरेको छ । 

बैठकले प्रदेश तथा जिल्ला इन्चार्ज तोकेको छ भने केन्द्र बाहेक सबै कमिटीमा दुई उपाध्यक्ष रहने व्यवस्था गरिएको सचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । 

Comments

KATHMANDU WEATHER