पोखरा/६ असोज
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलन पोखरामा सुरु भएको छ ।
पोखरा चिप्लेढुंगा मानव अधिकार चोक सडकमै अखिलले सम्मेलन सुरु गरेको हो । सम्मेलनको उद्घाटन महासचिव विप्लवले गर्नु भयो ।
बाटोमै सम्मेलन गरिएकाले सवारी साधन चल्न सकेका छैनन् । पोखरा सिद्धार्थचोकदेखि चिप्लेढुंगा क्षेत्रको बाटोमा आउजाउ गर्ने सवारी साधनलाई अखिल कार्यकर्ताले प्रवेश दिएका छैनन् । सडकका दुबैतिरबाट अखिल कार्यकर्ता खटिएर सवारी साधन फर्काइरहेका छन् ।
पोखरा महानगरको फोहोर उठाउने गाडीसमेत रोकेपछि ट्राफिक प्रहरी खटिएर सहजीकरण गर्नुपरेको थियो ।
Featured News
-
1 day agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments