Byroad News

Loading...

परराष्ट्रमन्त्री खड्काद्वारा शपथ ग्रहण


परराष्ट्रमन्त्री खड्काद्वारा शपथ ग्रहण

काठमाडौं/६ असोज
नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिनु भएको छ । 

राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष मन्त्री खड्काले शपथ लिनु भएको हो । 

समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामखु अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना उपस्थित हुनुहुन्थ्यो । 

शपथपछि उहाँले मन्त्रायलमा गएर कार्यभार पनि सम्हाल्नु भएको छ । 

मन्त्री खड्कालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बुधबार नै परराष्ट्रमन्त्रीमा नियुक्त गर्नु भएको हो । 

Comments

KATHMANDU WEATHER