Byroad News

Loading...

युवा नेता न्यौपानेद्वारा सचिवमा उम्मेदवारी घोषणा


युवा नेता न्यौपानेद्वारा सचिवमा उम्मेदवारी घोषणा

हेटौंडा/६ असोज
नेपाली कांग्रेस मकवानपुरका युवा नेता सविन न्यौपानेले पार्टीको १४ औं महाधिवेशनअन्तर्गत् असोज ९ गते शनिबार हुने नगर अधिवेशनमा सचिव पदका लागि उम्मेदवारी घोषणा गर्नु भएको छ ।

हेटौंडा–१ का वडा अध्यक्ष समेत रहनु भएका न्यौपानेले बुधबार कार्यकर्तासँग भेटघाटको क्रममा सचिव पदमा उमेदवारी घोषणा गर्नु भएको हो ।

काँग्रेस पार्टीलाई सबल र सक्षम बनाउन आफूले सचिव पदमा उमेदवारी दिन लागेको न्यौपानेले बताउनु भयो । गत स्थानीय तहको निर्वाचनमा हेटौंडा १ नम्बर वडाबाट अध्यक्ष पदमा निर्वाचित हुनु भएका न्यौपानेले बागमती प्रदेशको राजधानी र मकवानपुर जिल्लाको सदरमुकाम हेटौंडामा काँग्रेस सक्षम भए जिल्लामै नेपाली काँग्रेस पार्टी बलियो अवस्थामा पुग्नेभन्दै त्यसका लागि आफ्नो उम्मेदवारी रहेको बताउनु भयो ।

‘हेटौंडा उपमहानगरमा काँग्रेसलाई सबल र सक्षम बनाउन, पार्टीमा युवा सहभागितालाई दरिलो बनाउन, पार्टीलाई संस्थागतरुपमा विकास गर्न, प्रशिक्षणको माध्यमबाट पार्टी संगठनलाई चुस्तदुरुस्त पार्न र आसन्न स्थानीय तहको निर्वाचनमा उपमहानगरपालिकामा काँग्रेसका उमेदवारहरु जित्ने सांगठनिक आधार तयार गर्न मेरो उम्मेवारी हो ।’, न्यौपानेले पार्टीको विधानमा व्यवस्था भए बमोजिम समावेशी सहभागिताको मुद्दालाई कार्यान्वयन प्रक्रिया सक्रिय ढंगले अगाडि बढाउनु पर्ने टड्कारो आवश्यकता औंल्याउनु भयो ।

Comments

KATHMANDU WEATHER