थाहानगर/५ असोज
थाहा नगरपालिका वडा नं. २ पालुङ शहरका नेवार समुदायका मुल गुरुहरु सम्मानित भएका छन् । इन्द्रजात्राको अवसरमा आयोजित एक कार्यक्रमका बीच मुल अष्टमान श्रेष्ठलाई दोसल्ला, फेटा र कदरपत्रसहित सम्मान गरिएको हो ।
साँस्कृतिक सम्पदा संरक्षण समितिको आयोजनामा सोमबार आयोजित कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख लबशेर विष्टले मुल गुरु श्रेष्ठलाई सम्मान गर्नु भएको हो । सोही अवसरमा अन्य सहायक गुरुहरु पनि सम्मानित भएका छन् ।
सम्मानित हुनेहरुमा ध्रुव श्रेष्ठ, भिमदेव नापित, निरञ्जन श्रेष्ठ, दिपेन्द्रराज प्रधान, देवकृष्ण श्रेष्ठ र विश्वमान श्रेष्ठ छन् ।
साँस्कृतिक सम्पदा संरक्षण समितिका अध्यक्ष जङ्गली राजकुमार प्रधानको सभाध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख विष्ट, उपप्रमुख खड्ग गोपाली, इन्द्रायणी भगवती कालाभैरव संरक्षण समितिका अध्यक्ष श्यामभक्त श्रेष्ठ, बाँसुरी गुरु निरञ्जन श्रेष्ठलगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
-
1 day agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments