काठमाडौं/४ असोज
सत्ता गठबन्धनमा रहेका दलहरुबीच मन्त्रालयको भागबण्डामा कुरा मिलेको छ।
नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा सरकारको न्यूनत्तम साझा कार्यक्रम निर्धारण गर्न गठित कार्यदलले मन्त्रालयको भागबण्डा टुंगो लगाएको हो।
स्रोतका अुनसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय जनता समाजवादी पार्टी (जसपा) ले पाउने भएको छ।
यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पाउने छ।
परराष्ट्र मन्त्रालय कांग्रेस आफैले राख्ने सम्भावना रहेको छ भने शिक्षा मन्त्रालय नेकपा माओवादी केन्द्रले पाउने छ।
नेकपा एमालेले माधव नेपालसहित १४ सांसदलाई गरेको कारबाही कार्यान्वयनको माग गर्दै एमाले अध्यक्ष केपी ओलीले सर्वोच्चमा दायर गरेको रिटमाथि पनि आजै टुंगो लाग्दैछ।
उक्त रिटमाथि सोमबार सर्वोच्च अदालतमा न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा सुनुवाइ भइरहेको छ।
आज आदेश आएसँगै सत्ता गठबन्धनले मन्त्रिपरिषद् विस्तारको तयारी गरेको छ। स्रोतका अनुसार मन्त्रिपरिषद् आजभोलि नै विस्तार भइसक्ने छ।
-
1 day agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments