Byroad News

Loading...

विश्वकर्मा पूजाको विषयमा दुई पक्षबीच कुटाकुट हुँदा एकको मृत्यु


विश्वकर्मा पूजाको विषयमा दुई पक्षबीच कुटाकुट हुँदा एकको मृत्यु

महोत्तरी/३ असोज
महोत्तरीको सोनमा गाउँपालिका–७ सुन्दरपुरमा पूजाको विषयलाई लिएर आइतबार दिउँसो दुई पक्षबीच कुटाकुट हुँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोनमा गाउँपालिका—२ तरहारी गाउँका ५० वर्षीय रामप्रसाद यादव रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिनुभयो । 

सुन्दरपुरका ३५ वर्षीय मलेसी सदा र २६ वर्षीय नथु सदा तथा तरहारीका ५० वर्षीय रामप्रसाद यादवबीच सुन्दरपुरको मैनटोलमा विश्वकर्मा मेलामा पूजाको विषयलाई लिएर विवाद भएको थियो ।

विवादले उग्ररुप लिएपछि दुबै पक्षबीच भएको कुटाकुटमा रामप्रसाद यादव बेहोस भएर बाटोमै ढलेका थिए । त्यसको केही बेरमै उनको मृत्यु भएको स्थानीयवासीले जानकारी दिएका छन् ।

घटनामा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Comments

KATHMANDU WEATHER