Byroad News

Loading...

थाहामा पनि एमाले फर्कियो २०७५ जेठ २ मा 


थाहामा पनि एमाले फर्कियो २०७५ जेठ २ मा 

थाहानगर/३ असोज
नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय सर्कुलर अनुसार २०७५ जेठ २ मा फर्किएको छ ।

आइतबार पालुङ बहुउद्देश्यीय सहकारी संस्था लि.को सभाहलमा आयोजित नगर कमिटीको बैठकमा तत्कालीन नगर संयोजक विष्णुप्रसाद ढकालले अध्यक्षता गरी केन्द्रीय सर्कुलर अनुसार २०७५ जेठ २ मा फर्किएको जनाएको हो । 

बैठकले कात्र्तिक ९ गते नगर अधिवेशन गर्ने गरी अच्युत्तम प्रसाद ढकालको संयोजकत्वमा ७५ सदस्यीय नगर अधिवेशन आयोजक कमिटी गठन गरेको छ । यस अघि क्रियाशील नगर कमिटीलाई नै आयोजक कमिटीको रुपमा रुपान्तरण गरिएको नगर कमिटीका एक सदस्यले बताउनु भयो । 

केन्द्रीय सदस्य तथा मकवानपुर ईन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा भएको बैठकले सचिवमा कुमार नेगीलाई नै चयन गरेको छ । आयोजक कमिटीमा आवश्यकताका आधारमा सदस्य संख्या थप गर्ने सहमति भएको छ । 

बैठकमा जिल्ला कमिटी सदस्यहरु बुद्धरत्न मानन्धर, शशीधर सुवेदी, विमलकुमार ढकाल, सुुरेन्द्रमान प्रधान, गणेशमान श्रेष्ठ, बलराम थापा, केदार बल, शिवराम थापा, बलराम थापा, हरि मगर, कल्पना बलामीको सहभागिता थियो । बैठकमा नगर अधिवेशन आयोजक कमिटी संयोजक अच्युत्तम प्रसाद ढकाल, जिल्ला सदस्यद्वय बुद्धरत्न मानन्धर, शशीधर सुवेदी, विष्णुप्रसाद ढकाल र केन्द्रीय सदस्य रामेश्वर रानाले मन्तव्य व्यक्त गर्नु भएको थियो । 

Comments

KATHMANDU WEATHER