Byroad News

Loading...

पोखरीमा डुबेर वीरगञ्जमा दुई किशोरको मृत्यु


पोखरीमा डुबेर वीरगञ्जमा दुई किशोरको मृत्यु

वीरगञ्ज/३ असोज
वीरगञ्जमा दुई किशोरको डुबेर मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१५ का १७ वर्षीय मुन्ना भनिने आशिषकुमार साह र १२ वर्षीय प्रितम साहको मृत्यु भएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिनेश गौतमले जानकारी दिनुभयो । 

वीरगञ्ज–१२ स्थित मुर्ली पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुवै जनाको मृत्यु भएको हो । दुवै जना किशोर शुक्रबार दिउँसो घरबाट खेल्न भनी निस्किएको र अपरान्ह ४ बजेसम्म पनि नफर्किएपछि परिवारले खोजी शुरु गरेका थिए ।

मुर्ली पोखरी नजिकै उनीहरुले लगाएको लुगा र चप्पल फेला परेपछि पोखरीमै डुबेको आशंकामा उनीहरुको खोजी शुरु गरिएको थियो । प्रहरी र स्थानीयवासीको सहयोगमा शनिबार बेलुका ८ बजेतिर उनीहरुलाई पोखरीमा फेला पारी निकालिएको थियो । त्यसपछि तराई हस्पिटल लगिएकोमा अस्पतालले उनीहरुलाई मृत घोषणा गरेको थियो ।

आशिष सगरमाथा बोर्डिङ स्कुलको कक्षा ९ मा र प्रितम कक्षा ६ मा अध्ययनरत् थिए ।

तस्वीर: सांकेतिक

Comments

KATHMANDU WEATHER