Byroad News

Loading...

अबको चुनावमा ओलीको पार्टीभन्दा नेकपा एस ठूलो भएन भने राजनीतिबाट सन्यास लिने विरोध खतिवडाको उद्घोष


अबको चुनावमा ओलीको पार्टीभन्दा नेकपा एस ठूलो भएन भने राजनीतिबाट सन्यास लिने विरोध खतिवडाको उद्घोष

काठमाडौं/२ असोज
नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता विरोध खतिवडाले आउने चुनावमा नेकपा एमालेको भन्दा आफ्नो पार्टी ठूलो हुने दाबी गर्नु भएको छ ।

उहाँले भन्नुभयो, 'हेर्नुहोला, आउने चुनावमा केपीको पार्टीभन्दा हाम्रो पार्टी ठूलो हुन्छ, ठूलो भएन भने विरोध खतिवडाजी तपाईँले त मेरो कार्यक्रममा राजनीतिबाट सन्यास लिन्छु भन्नुभएको थियो भनेर सोध्नुहोला ।’

हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले ओलीले झापामा चुनाव हार्ने डरले राप्रपासँग गठबन्धन गरेको पनि आरोप लगाउनु भयो । उहाँले भन्नुभयो, 'जो मान्छेले झापाको एउटा सिट छोडेर राप्रपाको १५ हजार मत थपेर चुनाव जितेर आयो, त्यो मान्छेले आज यत्रो फुर्ती ? न माधव नेपालले राप्रपासँग एकता गरे, न विरोध खतिवडाले गर्यो ? न रामकुमारी झाँक्रीले गर्नुभयो ? २०६४ सालमा केपी ओली, झापाको दमकमा पाखामा भ्यागुतो पछारिएर उत्तानो टाङ लागेको मान्छे, सबभन्दा लोकप्रिय र राष्ट्रवादी नेता उत्तानो टाङ, तर मैले त २०४८ सालदेखि लगातार चुनाव जितिरहेको छु । अबको चुनावमा पनि मलाई फलामको चिउरा हुँदैन ।’

केपी ओलीको भाषणमा माधव नेपाल र प्रचण्डलाई ९० प्रतिशत गाली र १० प्रतिशत त टुक्कामात्रै हान्ने काम गरेको उहाँको भनाई छ । उहाँले भन्नुभयो, 'केपी ओलीभन्दा माधव नेपाल सिनियर नेता हो, नेपाली राजनीतिमा माधव नेपालको हैसियत सम्मानजनक रहन्छ । उहाँले वामपन्थी आन्दोलनको नेतृत्व गर्नुहुन्छ । केपी ओली नेतृत्वमा पुगेपछि वामपन्थी आन्दोलन तहसनहस भयो ।’

Comments

KATHMANDU WEATHER