Byroad News

Loading...

लियो र लायन्सलाई अभिमुखीकरण


लियो र लायन्सलाई अभिमुखीकरण

थाहानगर/२ असोज
लायन्स क्लव अफ थाहा पिस र लियो क्लव अफ थाहा पिसका सदस्यहरुलाई एक दिने अभिमुखीकरण गरिएको छ ।

नयाँ प्रवेशी सदस्यहरु लक्षित गरि साहारा रिसोर्टमा आयोजित अभिमुखीकरणमा लायन्स क्लव अफ थाहा पिसका संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधानले "आफू को हुँ र समाजमा हाम्रो आवश्यकता किन पर्छ" भन्ने विषयमा सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा लियो क्लव अफ थाहा पिसका संस्थापक अध्यक्ष अनित विष्टले लियो र लायन्स स्थापना र वर्तमान अवस्थामा यिनीहरुको आवश्यकताका विषयमा सहजीकरण गर्नु भएको थियो ।

लायन्स क्लव अफ थाहा पिसका वर्ष २०२१/०२२ का अध्यक्ष राममाया खत्रीको सभाध्यक्षमा भएको कार्यक्रम लायन्स क्लव अफ धादिङ पिस खानीखोलाका पूर्व अध्यक्ष तथा थाहा पिसमा सल्लाहकार भरत गोपालीको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा लायन्सका प्रथम उपाध्यक्ष जयराम खत्री, लियोका अध्यक्ष कमल विष्टले अभिमुखीकरणको औचित्य प्रष्ट पार्नु भयो ।

Comments

KATHMANDU WEATHER