Byroad News

Loading...

बँदेललाई थापेको पासोमा परेर एकै घरका ३ जनाको मृत्यु, पासो थाप्ने एक पक्राउ


बँदेललाई थापेको पासोमा परेर एकै घरका ३ जनाको मृत्यु, पासो थाप्ने एक पक्राउ

बर्दिया/२ असोज
बर्दियामा जंगली जनावरलाई थालेको पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

बँदेललाई थापेको विद्युतीय पासोमा परेर ठाकुरबाबा नगरपालिका-३ गोदाना भन्ने ठाउँका ३५ वर्षीय बालकृष्ण थारु, उनकी ३० वर्षीय श्रीमती सुनिता थारु र ४५ वर्षीय भाउजु बेलमती थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले जानकारी दिनुभयो ।

एसपी कार्कीका अनुसार शुक्रबार राति खेतमा पानी हेर्न गएका बेला उनीहरू छिमेकीले बँदेलका लागि धान खेतमा थापेको विद्युतीय पासोमा परेका हुन् ।

खेतमा विद्युतीय पासो थाप्ने छिमेकी ८३ वर्षका राजबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई इलाका प्रहरी कार्यालय भुरिगाउँमा राखिएको एसपी कार्कीले बताउनु भयो ।

Comments

KATHMANDU WEATHER