काठमाडौं/३१ भदौ
नेपाली सेनामा विभिन्न प्राविधिक पदका लागि भर्ना खुलेको छ । प्राविधिकतर्फका विभिन्न २४ पदमा ४६४ जनाका लागि जंगी अड्डाले बिहीबार भर्नाको सूचना जारी गरेको हो ।
भर्ना छनोटका लागि आज (बिहीबार)देखि असोज ३१ गतेसम्म दरखास्त दिन सकिनेछ भने दोब्बर दस्तुर तिरेल थप ७ दिन अर्थात असोज ७ गतेसम्म दरखास्त फाराम भर्न सकिने जंगी अड्डाले जनाएको छ ।
गोरखापत्रमा प्रकाशित पदपूर्तिको सूचना
दरखास्त फाराम नेपाली सेनाबाट नि:शुल्क उपलब्ध हुनेछ । फाराम नारायणहिटीस्थित नेपाल क्याभल्री उत्तरतर्फको खेल मैदानबाट वितरण गरिनेछ भने फाराम पेश पनि त्यहीँबाट गर्नुपर्नेछ ।
छनोट प्रक्रिया भर्ना छनोट निर्देशनालय, जंगी अड्डामै हुनेछ ।


Featured News
-
1 day agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments