Byroad News

Loading...

मकवानपुरमा (एकीकृत समाजवादी) को कार्यालय शुभारम्भ


मकवानपुरमा (एकीकृत समाजवादी) को कार्यालय शुभारम्भ

हेटौंडा/३१ भदौ
नेकपा (एकीकृत समाजवादी) मकवानपुरको पार्टी कार्यालय स्थापना गरिएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४, शितल महलचोकस्थित पार्टी कार्यालयको आज विहीबार एकीकृत समाजवादीका केन्द्रिय सदस्य, बागमती प्रदेश इन्चार्ज केदारप्रसाद न्यौपानेले रिबन काट्दै कार्यालय उद्घाटन गर्नु भएको हो । 

कार्यालय उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रिय सदस्यहरु ललित बस्नेत, मुनु सिग्देल, सुर्यचन्द्र न्यौपाने, मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेल, उपाध्यक्ष मीना लामा, सचिव विष्णु दाहाल लगायतको उपस्थिति थियो ।

यसैबिच, पार्टी जिल्ला कमिटीको सपथग्रहण आगामी असोज ९ गतेका लागि तय गरिएको छ । उक्त दिन पार्टी अध्यक्ष माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा पार्टी नगर कमिटी समेत घोषणाको तयारी रहेको अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो । 

Comments

KATHMANDU WEATHER