थाहानगर/३१ भदौ
थाहा नगरपालिका वडा नंबर १ का वडा सदस्य सुन्दर प्रधानको गए राती ट्रक दुर्घटनामा मृत्यु भएको छ ।
त्रिभुवन राजपथको पालुङ नौबिसे सडक खण्डमा पर्ने सोप्याङ खोलामा भएको दुर्घटनामा वडा सदस्य प्रधानको मृत्यु भएको हो ।
पालुङबाट काठमाडौं जाँदै गरेको तरकारी बोकेको ना ५ ख ८६४२ नंबरको ट्रक गएाराति थाक्रे ८ सोप्याङ खोलामा सडकबाट करिब ७० मिटर तल खसेको धादिङ प्रहरीले जनाएको छ ।
ट्रकमा सवार प्रधानको गएराति नै मृत्यु भएको हो । ट्रकका चालक प्रमोद अर्याल भने सामान्य घाईते भएको प्रहरीले जनाएको छ । वडा सदस्य प्रधान नेकपा माओवादीबाट गएको स्थानीय तहको निर्वाचनमा विजयी भएका थिए।
मृतकको शव अहिले इलाका प्रहरी कार्यालय खानीखोलामा राखिएको छ । शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज लाने तयारी गरिएको छ । प्रधानका श्रीमती, एक छोरा र एक छोरी छन् ।
Featured News
-
1 day agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments