Byroad News

Loading...

चितवन र मकवानपुरको सीमा क्षेत्रमा स्थानीयले बन्द गराएको राजमार्ग खुल्यो


चितवन र मकवानपुरको सीमा क्षेत्रमा स्थानीयले बन्द गराएको राजमार्ग खुल्यो

हेटौंडा/२९ भदौ
बनाएको सडक एक महिना पनि नहुँदै भत्किएको भन्दै चितवन र मकवानपुरको सीमा क्षेत्र लोथरमा स्थानीयले अवरुद्ध गरेको राजमार्ग खुलेको छ ।

समस्याका विषयमा छलफल गर्न आज बिहान ११ बजे बैठक बस्ने सहमति भएपछि राजमार्ग खुलेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालका अनुसार स्थानीयले ड्रम र टायर राखेर आज बिहान ८ बजेबाट राजमार्ग अबरुद्ध पारेका थिए ।

राजमार्ग बन्द हुँदा चितवनतर्फ आउने र हेटौंडा भएर जाने सवारी साधानहरु बीच बाटोमा नै रोकिएका थिए ।

लोथरखण्डको चितवन र मकवानपुर दुवैतर्फ राजमार्ग बिग्रिएको छ । मकवानपुरको लोथरखण्डमा बिग्रिएको सडक गत असारमा बने पनि अहिले पुन: बिग्रिएको छ । चितवनतर्फको लोथरखण्डमा भने बिग्रिएको सडक बनाइएकै छैन ।

Comments

KATHMANDU WEATHER