थाहानगर/२८ भदौ
नेकपा माओबादी केन्द्रको भातृ संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) थाहा नगर कमिटीको अध्यक्षमा शकुन्तला गोपाली चुनिनु भएको छ ।
भदौ २८ गते विकास घर शिखरकोटमा भएको अखिल नेपाल महिला संघ (क्रान्तिकारी) थाहा नगर कमिटीको दोस्रो सम्मेलनले गोपालीको अध्यक्षतामा ५५ सदस्यीय थाहा नगर कमिटी गठन गरेको जनाएको छ ।
उपाध्यक्षमा मिना कुमारी स्याङ्तान, मिरा खड्का, सचिवमा जयन्ती रायमाझी, कोषाध्यक्षमा राजी बस्नेत, सहसचिवमा शुक्ला गोपाली छानिनु भएको छ ।
कमिटेको सदस्यहरुमा अनिता बल, सृजना बिक, पवित्रा सिंह ठकुरी, अम्बिका के.सी., सुशिला थिङ, रमिला घलान, सुशिला घलान, रमिता बिडारी, सविता स्याङ्तान, तारादेवी गोपाली लगायत चुनिनु भएको छ ।
रिता कार्कीको सभाध्यक्षतामा भएको सम्मेलनमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।
सम्मेलनमा बागमति प्रदेश सचिवालय सदस्य बिष्णु बिष्ट, मकवानपुर जिल्ला समन्वय समिति सदस्य प्रमिला लामा, थाहा नगर इन्चार्ज लक्ष्मण बिष्ट, जिल्ला समन्वय समिति सदस्य बिनोद कुमार लामा, थाहा नगर अध्यक्ष अरुण रायमाझी, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) केन्द्रीय सदस्य सीता मगर, लक्ष्मी माझी, मकवानपुर जिल्ला अध्यक्ष लक्ष्मी पाख्रीनलगायतको उपस्थिति थियो ।
-
1 day agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments