Byroad News

Loading...

प्रहरीको हिरासतमा रहेका अभियुक्त अस्पतालबाट फरार


प्रहरीको हिरासतमा रहेका अभियुक्त अस्पतालबाट फरार

बीरगञ्ज/२७ भदौ
वीरगन्जमा प्रहरीको हिरासतमा रहेका एक अभियुक्त फरार भएका छन् ।

लागु औषध मुद्दामा पक्राउ परि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका चितवनको भरतपुर महानगरपालिका ३ का १४ वर्षीय विक्की सुनार आज (आइतबार) बिहान फरार भएका हुन् ।

भदौ १६ गते भारतको रक्सौलबाट आउँदै गरेका बेला वीरगन्जको इनर्वा नाकाबाट सुनारलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको थियो । उनको साथबाट लागु औषध नुर्फिन ७, डाइजेपाम ७ र फेनारगन ७ गरि २१ एम्पुल बरामद भएको थियो ।

लागुऔषधसहित पक्राउ परेपछि उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको थियो । पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार प्रहरी हिरासतमै रहेका बेला भदौ २२ गते अचानक सुनारले रगत छाद्न थालेपछि उपचारका लागि त्यही दिन नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालमा एक जना प्रहरी हवल्दारको निगरानी मै उपचाररत रहेका सुनार, आइतबार बिहान ८ बजेतिर प्रहरी हवल्दारलाई झुक्याएर अस्पतालबाट फरार भएको प्रहरी उपरीक्षक पाण्डले बताउनु भयो ।

प्रहरी हवल्दारको लापरबाहीकै कारण अभियुक्त सुनार फरार भएकाले ती प्रहरी हवल्दारलाई विभागीय कारबाही गरिने पनि पाण्डले बताउनु भयो । 

Comments

KATHMANDU WEATHER