Byroad News

Loading...

हेटौंडामा जुवाको खालबाट थाहानगरका एकसहित ६ जना पक्राउ


हेटौंडामा जुवाको खालबाट थाहानगरका एकसहित ६ जना पक्राउ

हेटौंडा/२५ भदौ
बागमती प्रदेशको राजधानी हेटौंडामा नगद १ लाख ३२ हजार ३९० रुपियाँ सहित ६ जना जुवाडे पक्राउ परेका छन् । तीमध्ये एक जना थाहानगरका छन् ।

बिहिबार हेटौंडा-१५ स्थित दिपक श्रेष्ठको घरमा पैसाको हारजित हुनेगरी जुवा खेलिरहेको अवस्थामा नगद १ लाख ३२ हजार ३९० रुपियाँसहित ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो । प्रहरीले कौडा १५ वटा र तास ६ बुक सहित ६ जनालाई पक्राउ गरेको दासले बताउनु भयो ।

पक्राउ पर्नेहरुमा थाहा नगरपालिका वडा नंबर ६ बस्ने २१ वर्षीय डेनी भट्ट, हेटौंडा उपमहानगरपािलका वडा नंबर १६ बस्ने ६० वर्षीय ईवनाथ दंगाल, हेटौंडा-१५ बस्ने ३५ वर्षीय आलोक स्याङतान, सोही वडाका ६७ वर्षीय रामसरण थापा, मनहरी गाउँपालिका वडा नंबर ६ बस्ने ४४ वर्षीय वासु उप्रेती, चितवन भरतपुर १० बस्ने ३८ वर्षीय चुडामणी सेढाई रहेका छन् ।

Comments

KATHMANDU WEATHER