Byroad News

Loading...

प्रधानसेनापति शर्माले सम्हाले कार्यभार


प्रधानसेनापति शर्माले सम्हाले कार्यभार

काठमाडौं/२४ भदौ
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले कार्यभार सम्हाल्नु भएको छ । शर्माले आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गरे लगत्तै कार्यभार सम्हाल्नु भएको हो ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई दर्ज्यानी चिह्न प्रदान गर्नु भयो ।

राष्ट्रपतिको कार्यालय शितल निवासमा आयोजित सो कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, सभामुख अग्नि सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना पनि सहभागी हुनुहुन्थ्यो ।

गत भदै ११ गते सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्नु भएको थियो ।

Comments

KATHMANDU WEATHER