Byroad News

Loading...

महामन्त्रीमा विश्वप्रकाश शर्माद्वारा उम्मेदवारी घोषणा


महामन्त्रीमा विश्वप्रकाश शर्माद्वारा उम्मेदवारी घोषणा

काठमाडौं/२४ भदौ
सत्तारुढ दल नेपाली काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।

२४ भदौमा सुन्दरीजलस्थित बीपी संग्रहालयमा पुगेर शर्माले महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नु भएको हो ।

नेपाली काँग्रेसका संस्थापक तथा जननिर्वाचित पहिलो प्रधानमन्त्री बीपी कोइरालाको १०८ औं जन्मजयन्तीको अवसर पारेर शर्माले बीपीले लामो समय बन्दी जीवन बिताएको सुन्दरीजलमा पुगेर आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको हो ।

काँग्रेसको महाधिवेशन नजिकिँदै गर्दा नेताहरुले उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । महामन्त्रीमा मात्रै एक दर्जनको हाराहारीमा आकांक्षी छन् भने त्यसमध्ये केहीले उम्मेदवारी घोषणा गरिसकेका छन् । यसअघि नै गगन थापाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसक्नु भएको छ । 

Comments

KATHMANDU WEATHER