Byroad News

Loading...

वागमतीमा मन्त्रिपरिषद् विस्तार, ७ मन्त्री र ४ राज्यमन्त्री नियुक्त, आजै लिए शपथ


वागमतीमा मन्त्रिपरिषद् विस्तार, ७ मन्त्री र ४ राज्यमन्त्री नियुक्त, आजै लिए शपथ

हेटौंडा/२३ भदौ
बागमती प्रदेशकी मुख्मन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रीमण्डल विस्तार गर्नु भएको छ ।

बुधबार ७ मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गर्नु भएको हो । नवगठित मन्त्रिपरिषद्मा केशव खड्का भौतिक पूर्वाधार विकास मन्त्रालय, डा. अजय क्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै रचना खड्का आर्थिक मामिला तथा योजना, विजय सुवेदी सामाजिक विकास, र शान्तिप्रसाद पौडेल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बन्नु भएको छ ।

प्रदीपकुमार कटुवाल क्षेत्रीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ भने चन्द्र लामालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरिएको छ ।

मुख्यमन्त्री शाक्यले जीवन खड्का, सरस्वती बाटी, जुनेली श्रेष्ठ र बद्री मैनालीलाई राज्यमन्त्रीमा नियुक्त गर्नु भएको छ । खड्का भौतिक पूर्वाधार विकास राज्यमन्त्री, बाटी उद्योग राज्मन्त्री, श्रेष्ठ सामाजिक विकास राज्यमन्त्री र मैनाली भूमि व्यवस्था, कृषि तथा सहकारी राज्मन्त्रीमा नियुक्त हुनु भएको हो । 

नवनियुक्त ७ मन्त्री र ४ जना राज्मन्त्रीले आज बुधबार नै सपथ लिनु भएको छ । 

Comments

KATHMANDU WEATHER