हेटौंडा/२३ भदौ
नेकपा एमाले मकवानपुरकी नेतृ एवं बागमती प्रदेशको सांसद जुनेली श्रेष्ठसहित ९ जना मन्त्री बन्दै हुनुहुन्छ ।
आज बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नु भएपछि उहाँहरु मन्त्री बन्न लाग्नु भएको हो ।
मुख्यमन्त्री शाक्यले विस्तार गर्न लाग्नु भएको मन्त्रिपरिषद्मा सांसद श्रेष्ठसहित ९ जनालाई मन्त्री बनाउने तयारी रहेको एमाले निकट एक स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तार भएको अवस्थामा सांसद श्रेष्ठले मन्त्री या राज्यमन्त्री पाउनु हुनेछ ।
यसैगरि स्रोतका अनुसार सिन्धुलीका प्रदीप कटुवाल, रामेछापका शान्तिप्रसाद पौडेल, काभ्रेका चन्द्र लामा, काठमाडौंका अजय क्रान्ति शाक्य, चितवनका विजय सुवेदी, दोलखाका रचना खड्का, भक्तपुरकी सरस्वती बाटी, नुवाकोटका बद्री मैनालीलाई मन्त्री बनाउने तयारी रहेको छ ।
मुख्यमन्त्री शाक्यले ५ जना मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गर्ने तयारी रहेको बताईएको छ । आजै शपथ ग्रहण गराउने तयारी रहेको छ ।
-
1 day agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments