Byroad News

Loading...

नेपाली काँग्रेस अधिवेशन: थाहामा घम्साघम्सी, गोपाली, जोशी र लामाद्वारा उम्मेदवारी घोषणा 


नेपाली काँग्रेस अधिवेशन: थाहामा घम्साघम्सी, गोपाली, जोशी र लामाद्वारा उम्मेदवारी घोषणा 

थाहानगर/२३ भदौ
नेपाली काँग्रेसको थाहानगर अधिवेशन भाद्र २७ गते हुँदैछ । नयाँ नेतृत्व चयन समेत हुने अधिवेशनका लागि सभापति पदमा घम्साघम्सी हुने अवस्था देखिएको छ । 

बुधबार बाइरोडसँग कुराकानी गर्दै वर्तमान नगर उपसभापति भरत गोपाली, अघिल्लो अधिवेशनमा सभापति पदका पराजित प्रमोद जोशी र वर्तमान नगर तरुण दलका अध्यक्ष नवराज लामाले आफूहरु सभापति पदको उम्मेदवार रहेको घोषणा गर्नु भएको छ भने वर्तमान सभापति योगेन्द्रमान श्रेष्ठले पनि आन्तरिक सहमति हुन नसके आफूले पनि नगर सभापतिको उम्मेदवारी दोहोर्‍याउन सक्ने संकेत दिनु भएको छ । 

थाहानगरमा १२ वटै वडाहरुबाट भदौ २० गते नै क्षेत्रीय प्रतिनिधिहरु चुनिसकेका छन् । यसैगरी वडा सभापतिहरु समेत चुनिसकेका छन् । नगर अधिवेशनमा वडा सभापतिसहित कुल १९६ जना प्रतिनिधिले मतदानमा सहभागी हुनेछ तर आधिकारिक नामावली भोलि बिहीबारसम्म आउने नगर सभापति श्रेष्ठले बताउनु भयो । सबै उम्मेदवारहरु स्वतन्त्र उम्मेदवार रहेको प्रतिक्रिया दिइरहे पनि केन्द्रीय गुटको प्रभाव थाहानगरमा पनि देखिने काँग्रेसका नेताहरु बताउँनु हुन्छ । 

हालसम्म ३ जनाको उम्मेदवारी आउने पक्कापक्की भएपनि भरत गोपाली र प्रमोद जोशीबीच प्रतिस्पर्धा हुन सक्ने आँकलन गरिएको छ । तथापि, नवराज लामा आफूपनि बलियो रुपमा उम्मेदवारको रुपमा प्रस्तुत भएको प्रतिक्रिया दिनु भएको छ । 

गोपाली २०४६ सालको जनआन्दोलनमा विद्यार्थी राजनीतिबाट काँग्रेसको गतिविधिमा संलग्न हुनुहुन्छ । विभिन्न जिम्मेवारी लिँदै अघिल्लो अधिवेशनमा सभापतिको उम्मेदवारी दिनु भएका गोपालीले अभिवेशनलाई निर्वाचनमा नलाने बताउँदै उपसभापतिमा आफूले चित्त बुझाउनु भएको थियो । उहाँ नेपाल किसान संघ जिल्ला समितिको सचिवको जिम्मेवारी समेत सम्हालिसक्नु भएको छ । गोपाली लायन्स क्लव अफ धादिङ पिस खानीखोलाको अध्यक्ष, पालुङ जेसीजको अध्यक्षको जिम्मेवारी समेत लिइसक्नु भएको छभने हाल थाहानगर उद्योग वाणिज्य संघका कोषाध्यक्ष, पालुङ बहुमुखी क्याम्पस संचालक समितिका सदस्य, दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था पालुङ केन्द्रका संयोजक, पालुङ भ्याली हार्ट एकडेमीका संचालक अध्यक्ष समेत हुनुहुन्छ । यस पटक गोपालीले पार्टीको गति बढाउन, नीति र सिद्धान्त अनुरुप पार्टीलाई मजबुद गर्न आफू योग्य रहेको बताउँदै आफूलाई बलियो उम्मेदवारको रुपमा प्रस्तुत गरेको दाबी गर्नु भएको छ । आफ्नो उम्मेदवारीमा कुनै पनि गुटको भूमिका नरहने बताउँदै सबै नेतृत्वको साझा उम्मेदवार रहेको समेत दाबी गर्नु भएको छ । आफू अहिलेसम्म पार्टी एकताको पक्षमा रहेको बताउँदै गोपालीले काँग्रेसको संगठनलाई मजबुद बनाउनु आफूसँग लिपिबद्ध योजना रहेको बताउनु भयो ।  

यसैगरी, सभापति पदका अर्का उम्मेदवार प्रमोद जोशीले पनि आफू बलियो उम्मेदवार रहेको बताउनु भएको छ । २०४६ सालदेखि काँग्रेसको अभियानमा सहभागी जोशीले २०५२ सालमा क्रियाशील सदस्यता लिनु भएको थियो । २०५२ सालमै नेपाल विद्यार्थी संघको क्षेत्रीय अध्यक्ष हुँदै २०५६ सालमा तत्कालीन बज्रबाराही गाउँ इकाइ सतितिको सभापति समेत भइसक्नु भएको छ । उहाँ यस अघिको नगर अधिवेशनमा वर्तमान नगर सभापति योगेन्द्रमान श्रेष्ठसँग ४ मतले पराजित हुनु भएको थियो ।

उहाँले पनि आफू कुनै गुटको नभई सिंगो काँग्रेसको उम्मेदवार रहेको बताउनु भएको छ । जोशीले आफ्नो नेतत्वमा पार्टी समिति निर्माण भए अबको स्थानीय निर्वाचनमा काँग्रेसले राम्रो नतिजा ल्याउन समेत उम्मेदवारी रहेको बताउनु भएको छ । जोशी राष्ट्रिय उपभोक्ता मञ्च थाहानगरको संयोजक, नेपाल पानी सदुपयोग फाउन्डेशन थाहानगरमा संयोजक, रोटरी स्याटलाइट क्लव अफ काठमाडौं वेष्ट टिष्टुङका सदस्य समेत हुनुहुन्छ ।

यसैगरी, हालसम्म उम्मेदवारी घोषणा गर्नेहरुमध्ये सबैभन्दा कान्छो उम्मेदवारको रुपमा नवराज लामाले पनि नगर सभापतिको उम्मेदवारी घोषणा गर्नु भएको छ । ३७ वर्षीय लामा सानै उमेरदेखि आफ्नो बुबाको राजनीतिक जीवनबाट प्रेरित हुँदै राजनीतिक चेतनाको विकास भएदेखि काँग्रेसको राजनीतिमा रहेको बताउनु भएको छ । २०६५ सालमा क्रियाशील सदस्यता लिएका लामा २०७२ मा सम्पन्न अधिवेशनदेखि नेपाल तरुण दलको नगर अध्यक्ष हुनुहुन्छ । उहाँ पालुङ जेसीजका वर्तमान अध्यक्ष र लायन्स क्लव अफ थाहा पिसका संस्थापक सदस्य र हाल पनि क्रियाशील व्यक्ति हुनुहुन्छ । पेसागत रुपमा उहाँ निर्माण र पोल्ट्री व्यवसायी हुनुहुन्छ । विभिन्न संघसंस्थाको नेतृत्व गरिरहनु भएकोले सभापति पदमा आफू योग्य रहेको बताउँदै आफ्नो नेतृत्वमा काँग्रेसमा युवाहरुलाई समाहित गर्दै लैजाने योजना रहेको बताउनु भएको छ । 

वर्तमान सभापति योगेन्द्रमान श्रेष्ठले भने अहिले नै आफ्नो उम्मेदवारी रहने वा नरहने बारे स्पष्ट बताउनु भएन । उहाँले भन्नुभयो, ‘म क्षेत्रीय सभापति वा नगर सभापति केमा उठ्ने भन्ने निश्चित भइसकेको छैन तर यी दुईमध्ये एक पदको उम्मेदवार भने पक्कै हो । 
 

Comments

KATHMANDU WEATHER