काठमाडौं/१७ भदौ
अझै एक साता मन्त्रिपरिषद् विस्तार नहुने भएको छ । सत्तारुढ गठबन्धनमा आबद्ध नेकपा (एकीकृत समाजावादी) का अध्यक्ष माधवकुमार नेपालले २३ भदौसम्म मन्त्रिपरिषद् विस्तारका विषयमा कुरा नउठ्ने बताउनु भएको हो ।
मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा गठबन्धनभित्र छलफल भइरहेको भनिएका बेला अध्यक्ष नेपालले २३ भदौसम्म कसैले पनि मन्त्रिपरिषद् विस्तारबारे चुइँक्कसमेत नगर्ने बताउनु भएको हो ।
सत्तारुढ गठबन्धन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपालले मन्त्रिपरिषद् विस्तार तत्काल नहुने संकेत गर्नु भएको हो ।
बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीच पनि भेटवार्ता भएको छ । प्रधानमन्त्रीसँग भेटेका प्रचण्डलाई अध्यक्ष नेपालले भेट गरेपछि उक्त प्रतिक्रिया दिनु भएको हो ।
मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालय भागबन्डामा कुरा मिल्न नसकेको भनिएका बेला गठबन्धनका नेताहरु निरन्तर छलफलमा जुटिरहेका छन् ।
-
1 day agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments