Byroad News

Loading...

बागमती प्रदेशका मन्त्री खनालले दिए राजीनामा


बागमती प्रदेशका मन्त्री खनालले दिए राजीनामा

हेटौंडा/१६ भदौ
बागमती प्रदेशका सामाजिक विकास मन्त्री  कृष्णप्रसाद खनालले पदबाट राजीनामा दिनु भएको छ । 

एमाले परित्याग गरी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गर्नु भएका खनालले आज (बुधबार) पदबाट राजीनामा दिनु भएको हो ।

एमाले नेतृ अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन भएकै दिन खनाल मन्त्री नियुक्त हुनु भएको थियो । हिजो (मंगलबार) उहाँले औपचारिक रुपमा बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौँडामा उपस्थित भएर नवगठित समाजवादी पार्टी रोज्दै सनाखत गर्नु भयो ।

आफूले अर्कै दल रोजेकाले सरकारलाई काम गर्न सजिलो होस् भनेर आफूले राजीनामा दिएको उहाँले बताउनु भएको छ ।

बागमती प्रदेशमा एमालेका १२ जना प्रदेश सांसदले नेकपा एकीकृत समाजवादी रोज्नु भएको छ । ५६ मध्ये १२ सांसदले अर्कै दल रोजेपछि एमालेको प्रदेश सरकार अल्पमतमा परेको छ।

Comments

KATHMANDU WEATHER