Byroad News

Loading...

घर जल्दा श्रीमान् श्रीमतिको मृत्यु


घर जल्दा श्रीमान् श्रीमतिको मृत्यु

लमजुङ/१५ भदौ
लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ सेग्ले (सिमपानी) मा एक घरमा आगलागी हुँदा श्रीमान् श्रीमतिको मृत्यु भएको छ ।

घरमा आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उनकी ४५ वर्षीया श्रीमती पशुपति भण्डारीको गएराति मृत्यु भएको प्रहरीले जनाएको छ । 

बढी मादक पदार्थ सेवन गर्ने गरेकाले १०/१५ दिनअघि मात्रै दुवै जना सुधार केन्द्रमा बसेर घर आएका थिए । पेशाले धर्मराज पूर्व गोरखा सैनिक रहेको र छोराछोरी कोही नभएको स्थानीयको भनाइ छ ।

ग्यास लिक भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । ढुंगामाटोको गाह्रो र जस्तापाताको छानो भएको एकतले घर सबै जलेर नष्ट भएको छ । 

Comments

KATHMANDU WEATHER