काठमाडौं/१५ भदौ
नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपालले अध्यक्ष नचुनी नयाँ केन्द्रीय समिति घोषणा गर्ने भएको छ ।
राष्ट्रिय भेलाअन्तर्गत अहिले जारी बन्दसत्रबाट केन्द्रीय समिति घोषणा हुने र सोही समितिले पछि पदाधिकारी चयन गर्ने तयारी छ ।
वाइसिएलको नयाँ अध्यक्षमा सुमन देवकोटा र सुवोध सेर्पालीले दाबी गरिरहनु भएको छ । सहमति जुटाउने प्रयासमा पार्टीका नेताहरु र वाइसिएल पदाधिकारी सक्रिय छन् ।
सहमतिको प्रयासमा मंगलबार बिहान वाइसिएल नेताहरु पार्टी अध्यक्ष प्रचण्डसँग छलफल गर्न खुमलटारस्थित निवासमा पुग्नु भएको थियो । ‘छलफलमा अहिले केन्द्रीय सदस्यहरुमात्र घोषणा गरेर भेला टुंग्याउने कुरा भयो,’ वाइसिएलका एक नेताले भन्नुभयो, ‘पछि पार्टी अध्यक्ष प्रचण्ड पनि सहभागी हुने त्यो केन्द्रीय समितिको बैठकले नयाँ नेतृत्व चयन गर्ने छ ।’
नयाँ नेतृत्व चयनका लागि वाइसिएलको राष्ट्रिय भेला भर्चअुल विधिबाट भदौ १२ गतेदेखि सुरु भएको थियो । नयाँ नेतृत्व चयन गर्दै भदौ १३ गते नै भेला सक्ने योजना थियो । तर नेतृत्वको विषय टुंगो नलाग्दा भेला पनि लम्बिएको छ ।
-
1 day agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments