Byroad News

Loading...

प्रदीप नेपालले छाडे माधव नेपालको साथ


प्रदीप नेपालले छाडे माधव नेपालको साथ

काठमाडौं/१४ भदौ
नेकपा एकीकृत समाजवादी गठनमा साथ दिएका नेता प्रदीप नेपालले अध्यक्ष माधवकुमार नेपालको साथ छाड्नु भएको छ । आज सोमबार फेसबुकमा उहाँले आफूले माधव नेपालबाट धोका पाएको टिप्पणी गर्नु भएको छ । 

पार्टीको मार्गदर्शक सिद्धान्तमा जनताको बहुदलीय जनवाद उल्लेख गर्नुपर्ने आफ्नो अडान रहेको भन्दै नेता नेपालले लेख्नुभएको छ,  ‘बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस् भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपचार लिएर जानुपर्ने भो । विदा ।’

नेता नेपालले आफू नेकपा एमालेमा भने नजाने उल्लेख गर्नु भएको छ । ‘म केपीसँग जान्न, किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ’ उहाँले अध्यक्ष माधवकुमार नेपाललाई सम्बोधन गर्दै भन्नु भएको छ, ‘तपाईं पनि झेली कुरा गर्न सिक्नुभएछ ।’

Comments

KATHMANDU WEATHER