Byroad News

Loading...

आज कृष्णाष्टमी मनाइँदै


आज कृष्णाष्टमी मनाइँदै

थाहानगर/१४ भदौ
आज ज्ञानयोग, भक्तियोग र कर्मयोगका प्रणेता कृष्ण जन्माष्टमी मनाइँदैछ ।

कृष्ण द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा कृष्णको जन्म भएको सम्झनामा आजको दिन यो पर्व मनाउने गरिएको जनविश्वास छ ।

मामा कंसलगायतको अत्याचारबाट मानवजातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौँ गर्भबाट विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार कृष्णले पापका पर्याय बनेका कंसको बध गरी हजुरबुबा उग्रसेन, मातापिता देवकी एवम् वासुदेवलाई कारागारमुक्त गरेका थिए ।

बाल्यकालदेखि नै विचित्रलीला देखाएका कृष्णले गोपिनी र राधाजस्ती किशोरीसँग गरेको प्रेमप्रसङ्गका कारण यो महिना प्रेमोत्सव अर्थात् (झुलनोत्सव)का रुपमा पनि मनाउने गरिन्छ । अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले विष्णुले मानिसका अवतारका रुपमा श्रीकृष्ण भई धरतीमा अवतरण गरेको मानिन्छ ।

कृष्णले आजीवन सत्यका पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यका पक्षमा रहेका पाँच पाण्डवमध्येका अर्जुनको सारथीका रुपमा कृष्णले युद्धको शिक्षा थिए ।

पाटनको मङ्गलबजारस्थित श्रीकृष्ण मन्दिरलगायत देशभरका कृष्ण मन्दिरहरुमा पूजा गरि मनाइन्छ । तर यस पटक कोरोनाका कारण मन्दिरहरुमा उल्लास देखिएको छैन ।
 
सो अवसरमा महिलाहरू व्रत बसी राति कृष्ण जन्मिएको सम्झनामा पूजाआजा गर्ने र रातभर जाग्राम बसेर नाचगान तथा कृष्णको भक्ति सङ्गीत गाउँछन् । यसो गरेमा श्रीकृष्ण प्रसन्न भई मनोवाञ्छित फल प्राप्त हुने धार्मिक विश्वास छ ।

Comments

KATHMANDU WEATHER