काठमाडौं/१२ भदौ
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरूको जारी अनशन आज तोडिने भएको छ ।
क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने, जिल्ला सभापतिको उम्मेदवारका बारेमा बनाइएको दोहोरो मापदण्ड खारेज गर्नुपर्ने लगायतका माग राखेर जिल्ला सभापतिहरु चार दिनदेखि रिले अनशनमा छन् ।
शुक्रबार साँझ सभापति शेरबहादुर देउवाले माग सम्बोधन गर्ने बताएपछि जिल्ला सभापतिहरुको रिले अनशन आजदेखि रोकिने कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहले जानकारी दिनुभयो ।
सभापति देउवासँगको सहमतिबारे ब्रीफिङ गर्न पौडेल समूहका नेताहरुको शनिबार बिहान छलफल भएको थियो । सिंह निवास चाक्सीबारीमा बसेको पौडेल समूहको बैठकले आफूहरुले उठाएका विषयको सम्बोधन गर्न सभापति देउवा सकारात्मक भएकाले अब महाधिवेशनमा केन्द्रीत हुने निर्णय गरेको हो ।
भदौ १८ को अधिवेशन देशभरका सबै वडामा गर्ने निर्णय भएको जनाएको छ ।
जिल्ला सभापतिहरुको अनशन टुंग्याउने जिम्मेवारी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखकलाई दिइएको छ । सिटौला, रिजाल र लेखकले पार्टी कार्यालय सानेपा पुगेर जिल्ला सभापतिहरुको माग सम्बोधन गर्ने बताइएको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा ४० दिनदेखि धनुषा, रौतहट, सर्लाहीका नेता कार्यकर्ताहरु धर्नामा छन् ।
-
1 day agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments