Byroad News

Loading...

भारतबाट ७ जना नेपाली युवतिको उद्धार


भारतबाट ७ जना नेपाली युवतिको उद्धार

बीरगञ्ज/१२ भदौ
प्रहरीले भारतको बिहारबाट ७ जना युवतीको उद्धार गरेको छ । पूर्वी चम्पारण छौडादानो नगर पञ्चायत-११ आदापुर बजारबाट प्रहरीले युवतीको उद्धार गरेको हो ।

अर्केष्ट्रामा आकर्षक तलब हुने काम लगाइदिने प्रलोभन देखाइ उनीहरुलाई बेच्ने तयारी भइरहेको सूचनाको आधारमा प्रहरी टोली आदापुर पुगेको थियो ।

भदौं ९ गते जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले भारतीय प्रहरीसँगको समन्वय र आफन्त नेपाल नामक गैरसरकारी संस्थासँगको सहकार्यमा युवतीको उद्धार गरेको प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनिभयो ।

‘छौँडादानोमा पुगेपछि मोबाइल खोसी अँध्यारो कोठामा राखेका रहेछन् । भारतकै विभिन्न स्थानमा पठाइ रकम लिइ निजहरूको इच्छा विपरीत अशोभनीय पोशाकमा विना पारिश्रमिक नाचगान गराउने, शारीरिक तथा मानसिक यातना दिइ श्रम शोषण गर्ने तथा बेचबिखन गर्ने उद्देश्यले अन्यत्र पठाउने तयारी भइरहेको रहेछ,’ उहाँ भन्नुभयो, ‘त्यही समयमा हामीले उनीहरुको उद्धार गर्न सफल भयौं ।’

प्रहरीले उनीहरुलाई झुक्याइ बेचबिखन गर्ने उद्देश्यले लैजाने दुई जना व्यक्तिलाई समेत पक्राउ गरेको छ । प्रहरीले छौडादानो बस्ने २५ वर्षीय विकास भन्ने विकेश कुमार र धनुषाको नगराइन नगरपालिका घर भइ छौडादानो नै बस्दै आएकी ममताकुमारी भन्ने अजिमा खातुनलाई पक्राउ गरेको हो ।

उनीहरू विरुद्ध मानव बेचबिखन तथा ओसार पसारको मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

(तस्वीरमा जागिरको प्रलोभन देखाएर युवतीहरूलाई भारत लैजाने अजिमा र विकेश ।)

Comments

KATHMANDU WEATHER