कैलाली/१२ भदौ
धनगढी उपमहानगरपालिका-१२ का टीकाराम बराइलीको स्यानिटाइजर पिउँदा मृत्यु भएको छ। भदौ ९ गते सेनिटाइजर पिएका बराइलीको उपचारका क्रममा शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सेनिटाइजर पिएका बराइली स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार स्थानीय मेडिकलमा पुगेका थिए । त्यहाँ उनलाई स्लाइन चढाइएको थियो ।
सामान्य उपचारपछि घर फर्किएका उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि त्यसै दिन राति धनगढीकै निसर्ग अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । तर उनले सेनिटाइजर किन पिए भन्ने कुरा नखुलेको प्रहरीले जनाएको छ ।
Featured News
-
1 day agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments