Byroad News

Loading...

सरकारमा जाने एकीकृत समाजवादीको निर्णय


सरकारमा जाने एकीकृत समाजवादीको निर्णय

काठमाडौं/११ भदौ
नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी हुने निर्णय गरेको छ । शुक्रबार बसेको एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

तर मन्त्री चयन भने मन्त्रालय टुंगो लागेपछि मात्रै गर्ने निर्णय भएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले एकीकृत समाजवादीको निर्णय कुरेर बसेका छन् । २ भदौमा नेकपा एमालेबाट अलग भएर माधवकुमार नेपालले गठन गरेको एकीकृत समाजवादीले बुधबार वैधानिकता पाएपछि मन्त्रिपरिषद् विस्तारको तयारी भएको छ ।

सत्ता साझेदार दलका नेताहरुबीच एकीकृत समाजवादीले पाँच मन्त्रालय लिने भद्र सहमति भएको छ । 

Comments

KATHMANDU WEATHER