थाहानगर/११ भदौ
मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका वडा नंबर ५ जय सिंह स्थित खोलाको किनारामा भारी बोकी हिडिरहेको अवस्थामा दुई जनालाई चेकजाँच गर्दा लागुऔषध गाँजा ४४ किलो फेला पारेको र दुबै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।
पक्राउ पर्नेहरुमा मनहरी ५ डिल्लिपुर बस्ने २४ वर्षीय रामचन्द्र मोक्तान र सोहि स्थानका स्थानीय २२ वर्षीय अर्जुन लो रहेको प्रवक्ता रिमालले जानकारी दिनु भयो ।
दुबैजनालाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
Featured News
-
1 day agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments