हेटौंडा/११ भदौ
मकवानपुरको भीमफेदी गाउँपालिका अन्तर्गत भैसैबाट अवैध गोलिया काठसहित दुईजनालाई पक्राउ गरेको छ।
बिहीबार दिउँसो त्रिभुवन राजपथ अन्तर्गत हेटौंडाबाट भैसेतर्फ जाँदै गरेको बा ९ च ५९१२ नम्बरको पिकअप गाडीलाई रोकी चेकजाँच गर्दा ३५ क्युफिट अवैध गोलिया काठसहित दुईजनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा गाडी चालक सिन्धुपाल्चोक जुगल गाउँपालिका – २ बस्ने २८ वर्षीय सुमन लामा र सोहि गाडीमा सवार सोहि स्थान बस्ने २९ वर्षीय सुवाष गोले रहेको मकवानपुर प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्ति तथा गोलिया काठलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय राप्ती मनहरी पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
Featured News
-
1 day agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments