Byroad News

Loading...

खोलामा ट्रक खस्दा एक जनाको मृत्यु, दुई जना घाइते


खोलामा ट्रक खस्दा एक जनाको मृत्यु, दुई जना घाइते

हेटौंडा/११ भदौ
मकवानपुरको राप्ती खोलामा मालवाहक ट्रक खस्दा एक जनाको मृत्यु भएको छ ।

त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भिमफेदी १ सानुटारमा फलाम बोकेर काठमाण्डौ जाँदै गरेको प्रदेश १-०२-००१ ख ८७५९ नम्बरको आईचर ट्रक आफै अनियन्त्रित भई राप्ती खोलामा खस्दा ट्रकमा सवार एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेको पहिचान खुल्न नसकेको मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो । मृतकको घटनास्थलमै मृत्यु भएको हो ।

त्यसैगरी दुर्घटनामा अन्य २ जना घाइते भएको जनाइएको छ । घाइते हुनेमा ट्रक चालक मोरङ सुन्दरहरैचा ८ बस्ने बर्ष ३१ को राजन बास्कोटा र सह चालक सोही ठाउ बस्ने २४ बर्षीय सरोज आचार्य रहेका छन् । उनीहरूको हेटौंडा-११ मा रहेको चुरेहिल अस्पतालमा उपचार भइरहेको डिएसपी रिमालले बताउनु भयो । 

Comments

KATHMANDU WEATHER