Byroad News

Loading...

भीमफेदी-कुलेखानी सडक अवरुद्ध


भीमफेदी-कुलेखानी सडक अवरुद्ध

भीमफेदी/११ भदौ
भीमफेदी-६ देउराली नजिक पहिरो जाँदा हेटौंडा-भीमफेदी-कुलेखानी-काठमाडौं जोड्ने सडक अवरुद्ध भएको छ ।

गएराति भीमफेदी गाउँपालिका वडा नंबर ६ को देउराली नजिक पहिरो जाँदा उक्त सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरो पन्छाउने तयारी भईरहेको छ ।

यसैगरि भैसे-भीमफेदी सडकखण्डको विभिन्न स्थानमा सडकको माथिबाट लेदो माटो बगेर सडकसम्म आएको छ । उक्त लेदो माटो हटाउने कार्य पनि भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Comments

KATHMANDU WEATHER