Byroad News

Loading...

भोलिसम्म मन्त्रिपरिषद् विस्तार


भोलिसम्म मन्त्रिपरिषद् विस्तार

काठमाडौं/१० भदौ
माधवकुमार नेपाल नेतृत्वको दलले मान्यता पाएसँगै सत्ता गठबन्धनलाई मन्त्रिपरिषद् बिस्तारको बाटो खुलेको छ ।

नेपालको दल दर्ता नभएसम्मका लागि सत्ता गठबन्धनले मन्त्रिपरिषद् बिस्तार रोक्दै आएकोमा निर्वाचन आयोगबाट मान्यता पाएसँगै विस्तारको बाटो खुलेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत बिहीबार नै नयाँ पार्टीको सनाखत लगत्तै मन्त्रिपरिषद् विस्तार हुने बताउनु भएको थियो ।

काँग्रेस, माओवादी, एमाले समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धनले नेपालको दललाई पाँच मन्त्री र एक राज्यमन्त्री दिने तयारी गरेको छ भने जनमोर्चाले सरकारमा सहभागी नहुने निर्णय गरिसकेको छ ।

Comments

KATHMANDU WEATHER