Byroad News

Loading...

१ सय ४ किलो गाँजा सहित थाहामा एक जना पक्राउ


१ सय ४ किलो गाँजा सहित थाहामा एक जना पक्राउ

थाहानगर/९ भदौ
इलाका प्रहरी कार्यालय पालुङले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ ।

मकवानपुरको थाहा नगरपालिका वडा नंबर ३ दोबाटो स्थित सडकखण्डबाट १ सय ४ किलो गाँजा सहित एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । 

पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका वडा नंबर ८ बुढिचौर बस्ने ४१ वर्षीय अम्बर बहादुर घिसिङ रहेका छन् ।

मंगलबार डाँडाखर्कबाट शिखरकोटतर्फ जाँदै गरेको ना ७ ख ७६६४ नंबरको मिनि ट्रकबाट घिसिङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।

प्रहरीले ट्रकमा चेकजाँच गर्दा आलुको बोरा लोड रहेको बिचभागमा लुकाएर राखेको अवस्थामा ८ वटा पोकामा गाँजा फेला परेको थियो । 

लागु औषध गाँजा, ट्रक र घिसिङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Comments

KATHMANDU WEATHER