Byroad News

Loading...

८६ लाख रुपियाँसहित काठमाडौंबाट ३ जना पक्राउ


८६ लाख रुपियाँसहित काठमाडौंबाट ३ जना पक्राउ

काठमाडौं/८ भदौ
प्रहरीले स्रोत नखुलेको झण्डै ८६ लाख रुपियाँसहित तीन जनालाई पक्राउ गरेको छ ।

८५ लाख ५६ हजार रुपियाँसहित पक्राउ पर्नेमा बाराको जिल्ला सिमरा उपनगरपालिका वडा नं २ घर भई हाल काठमाडौंको चण्डोल बस्ने लक्ष्मण पौडेल तथा काठमाडौ महानगरपालिका वडा नं २४ फसिकेवस्थित राजेन्द्र स्थापितको घरमा होलिडे ट्रेडिङ नामक कम्पनी सञ्चालन गर्ने अभिशेष अग्रवाल र सोही कम्पनीमा कार्यरत मधुसुदन खडका रहेका छन् । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश बस्नेतले लक्ष्मण पौडेल झोलामा ३१ लाख रुपियाँ बोकेर हिँडिरहेको अवस्थामा खिचापोखरीबाट पक्राउ गरेको बताउनु भयो । पक्राउपछि वृत्त जनसेवामा  ल्याइ सोधपुछ गर्दा उनले सो रकम अग्रवालले दिएको बयान दिएका थिए । 

त्यसपछि अग्रवालले संचालन गरेको होलिडे ट्रेडिङमा पुगेर प्रहरीले खानतलासी गर्दा स्रोत नखुलेको ५४ लाख ५६ हजार रुपियाँ फेला परेको बस्नेतले उनले बताए । दुबै जनाले रकमबारे स्रोत खुलाउन नसकेको हुँदा वृत्त जनसेवामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Comments

KATHMANDU WEATHER