हेटौंडा/८ भदौ
मकवानपुर प्रहरीले हेटौंडा-१० स्थित बसपार्कबाट लागु औषध सहित २ जनालाई पक्राउ गरेको छ ।
मंगलबार दिउँसो हेटौंडा-१० बसपार्कस्थित प्रहरी चौकीबाट खटिएको चेकिङ टोलीले बिरगञ्जबाट चितवनतर्फ जाँदै गरेको प्रदेश नं. ५ ख ३९४३ नं. को बसलाई चेकजाँच गर्दा फेनारागन एम्पुल-९, डाईजेपाम एम्पुल-९, नुरफिन एम्पुल-९ गरि २७ एम्पुल लागुऔषध फेला परेको हो ।
पक्राउ पर्नेमा चितवन रत्ननगर-१० बस्ने वर्ष ३२ का दमन थापा र रत्ननगर-७ बस्ने वर्ष ३० का विनोद चौधरी रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
Featured News
-
1 day agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments