Byroad News

Loading...

जिल्ला सभापतिको धर्नापछि देउवाद्वारा माग सम्बोधन गर्न निर्देशन


जिल्ला सभापतिको धर्नापछि देउवाद्वारा माग सम्बोधन गर्न निर्देशन

काठमाडौं/८ भदौ
क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न माग गर्दै नेपाली काँग्रेसका जिल्ला सभापतिहरूले पार्टी कार्यालयमा धर्ना दिएपछि केन्द्रीय सभापति शेरबहादुर देउवाले माग सम्बोधन गर्न चासो देखाउनु भएको छ । 

देउवाले जिल्ला सभापतिहरूको माग बमोजिम तत्काल नामावली सार्वजनिक गर्नका लागि पार्टीका सम्बन्धित निकायलाई निर्देशन दिनु भएको हो । 

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरूको मागका सम्बन्धमा सभापति देउवाको ध्यानाकर्षण भएको भन्दै छिट्टै प्रक्रिया पुरा गरेर नामावली सार्वजनिक गरिने बताउनु भयो । उहाँका अनुसार साउन ३० गतेको केन्द्रीय समिति बैठकमै सभापतिले नामावली सार्वजनिक गर्न निर्वाचन समितिलाई निर्देशन दिइएको थियो । त्यसका लागि पार्टीको नियमावली संशोधन गर्ने प्रक्रिया अघि बढेको र सोसम्बन्धी काम सकिएपछि सबैको पहुँचमा पुग्नेगरी नामावली सार्वजनिक गरिने छ ।

क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन सभापतिले रुजु गरिसकेपछि तथा निर्वाचन समितिले अन्तिम रुप दिएपछि पार्टीको वेबसाइटमार्फत सबैको पहुँचमा पुग्नेगरी सार्वजनिक हुने प्रवक्ता शर्माको भनाइ छ । 

मंगलबार बिहानै सानेपास्थित पार्टी केन्द्रिय कार्यालय पुगेका जिल्ला सभापतिहरूले क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न माग गर्दै धर्ना दिएका थिए । 

Comments

KATHMANDU WEATHER