Byroad News

Loading...

एमाले स्थायी कमिटी बैठक चार घण्टा पर सारियो


एमाले स्थायी कमिटी बैठक चार घण्टा पर सारियो

काठमाडौं/८ भदौ
नेकपा एमालेको स्थायी समिति बैठक चार घण्टा पछि सरेको छ । मंगलबार ११ बजेका लागि तय भएको बैठक अपरान्ह ३ बजेका लागि सारिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

तयारी पुरा नभएकाले बैठक केही घण्टा पछि सार्नुपरेको बताइएको छ । बैठक ललितपुरस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठान च्यासलमा बस्नेछ ।

आजको बैठकमा तेस्रो धारका नेताहरू समेत सहभागी हुनुहुनेछ । नेता माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्ने अन्तिम तयारी गरिरहेका बेला अध्यक्ष ओली र तेस्रो धारका नेताहरुबीच सोमबार भएको छलफलपछि उहाँहरू ओलीले बोलाएको बैठकमा सहभागी हुन तयार हुनु भएको हो । 

स्थायी समिति बैठकले यसअघि एमाले एकताका लागि गठित कार्यदलले तयार पारेको १० बुँदे प्रस्ताव कार्यान्वयनका लागि मोडालिटी तयार गर्नेछ ।

सोमबार अध्यक्ष ओली निवास बालकोटमा भएको झन्डै तीन घण्टाको छलफलमा अध्यक्ष ओली २०७५ जेठ २ को एमालेको संरचनाअनुसार अघि बढ्न र १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न तयार हुनु भएको थियो । त्यसपछि नेपाल समूहमा रहेका तर नयाँ पार्टी दर्ताको प्रक्रियामा नेपाललाई साथ नदिएका नेताहरू ओलीले बोलाएको बैठकमा बस्न तयार हुनु भएको हो ।

Comments

KATHMANDU WEATHER